पाँचथर। यहाँ जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत आज देखि सेमीफाइनलका खेल सुरु हुँदैछन्। हिजोहिालयन शेर्पा र कणर्सिं सोनाम स्मृति क्लब बिचको खेल सकिए सँगै आजबाट सेमिफाइनलका खेलहरु सुरु हुने भएका हुन् ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा आयोजक पाँचथर फुटवल क्लव र मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) भिंड्दैछन्। फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने खेलमा दुबै टोलीको लक्ष्य फाइन प्रबेश हुनेछ ।आयोजक पाँचथर फुटवल क्लल क्वाटरफाइनमा तेह्रथुमको मित्तेरी फुटवल क्लव विरुद्ध २-० को जीत निकाल्दै सेमीफाइनल प्रवेश गर्दा मोरङले पाहुना टोली भारतको युनाइटेड फुटवल क्लल दार्जिलिङलाईे ६-३ गोलको सहज जीत दर्ता गर्दै सेमीफाइनल यात्रा तय गरेको हो।
प्रतियोगिताको पहिलो उपाधी दाबेदार टोली बन्नका लागि हुने आजको पहिलो सेमीफाइनल खेल निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।दुबै टोलीहरुमा युवा खेलाडीहरुको बाहुल्यता रहेको छ । घरेलु टोली पाँचथरलाई मैदान र दर्शकको साथ हुनेछ । मोरङ पनि स्तरीय खेलाडीहरुको साथमा फाइनल प्रबेशको लक्ष्यका साथ मैदान प्रबेश गर्नेछ । दार्जिलिङ मथि गोलको वर्षा गर्दै सेमिमा पुगेको मोरङ मनोबल उच्च छ । यता ए डिभिजन खेलेका र बिदेशि खेलाडीहरु सहितको मितेरी क्लबलाई हराउदै सेमिफाइनल प्रबेश गरेको आयोजक फेरी अर्को घरेलु दर्शकलाई खुसि दिने धुनमा हुनेछ् ।
मंसिर २३ गते सम्पन्न हुने प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेता टोलील नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्ने छ ।