पाँचथर । पाँचथरमा जारी प्रथम किराँत गोल्डकपमा दार्जिलिङ युनाइटेट फुटबल क्लबलाई ६-३ को फराकिलो अन्तरले हराउदै मोरङको डाँगीहाट फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको छ ।
फिदिम माबिको खेलमैदानमा सोमबार भएको खेलमा मोरङ शुरुआतदेखि नै दबाब बनाएको थियो। खेलको ८ औं मिनेटमा अरुण लिम्बुको पासमा उमेश राईले सहजै गोल गर्दै मोरङ अग्रता दिलाए। ३९ औं मिनेटमा सुजन धिमालले गोल गरेर अग्रता दोब्बर बनाएका थिए। धिमालले खेलमैदानको मध्यभागबाट आफै बल कुदाएर सुन्दर गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मोरङका अरुण लिम्बुले गोल गरे ।लिम्बुले उमेश राइले गरेको प्रहार पोष्टमा लागेर रिबाउन्ड हुँदा गोल गरेका थिए ।
खेलको ४७ औं मिनेटमा मोरङका सुजनले ब्यत्तिगत दाेश्राे र टिमको लागी चाैथाे गरे । ५१ औं मिनेटमा अभिशेष लिक्बुले मोरङको लागी पाँचाै गोल गरे । ५३ औं मिनेटमा पाहुना टोली दार्जिलिङका रोहित थापाले गोल गर्दै दार्जिलिङ खेलमा फकाउने प्रयास गरे । ५७ औं मिनेटमा दार्जिलीङ आशिष राईले गोल गर्दै पुःन खेलमा फर्किने संकेत गरे । ६१ औं मिनेटमा मोरङका अभिशेक लिक्बुले पुःन गोल गर्दै मोरङलाइ फराकिलो जित दिलाए । ७४ औं मिनेट दार्जिलिङका गणेश लिम्बुले गोल गरे पनि जितको लागी पर्याप्त भएन ।
‘नयाँ मैदान भए पनि खेलाडीले उत्कृष्ट खेले। फरवार्डको प्रदर्शन अझ उत्कृष्ट हुँदा फराकिलो अन्तरले जित हात पार्यौं,’ मोरङका प्रशिक्षक राज लिम्बुले भने । पराजित टोलीका प्रशिक्षक राजु थापा खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताए। ‘ खेलमैदान कडा हुनु र पहिलो रोजाईका खेलाडी आजको खेलमा सोचेजस्तो खेल्न सकेनन्।’ उनले भने।
म्यान अफ दी म्याच मोरङका अभिशेष लिम्बु बने । उनले ५ हजार रुपैयाँ प्राप्त गरे। जितसँगै मोरङले सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लब सँगको भेट पक्का गर्यो। २३ गते फाइनल रेहेको प्रतियोगिततको बिजेताले चार लाख चार हजार चार सय ४४ रुपैँया र उपबिजेता टिमले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।
किराँत गोल्डकपमा मंगलबार हुने खेल
कणर्सिं सोनाम स्मिृति क्लब, ताप्लेजुङ र हिालयन शेर्पा क्लब, काठमाण्डौं
समय १ः ३० बजे