पाँचथर । पाँचथरमा जारी जिल्लाकै ठुलो राशिको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ सोमबार मोरङको डागीहाट फुटबल क्लब र छिमेकी देश भारतको पाहुना दार्जिलीङ आम्नेसाम्ने हुँदैछन् । सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने खेलमा मोरङ र दार्जिलीङ बिचको खेल प्रतिप्रर्धात्मक हुने अनुमान गरिएको छ ।
मोरङ पाँचथरमा हुने प्रतियोगितामा पटक पटक सहभागि हुदैँ बिभिन्न प्रतियोगिताहरुको उपाधि पनि जितेको टिम हो । मोरङ फिदिमको मैदानमा परिचित टिम हो । मोरङको टिम पाँचथरमा उपाधिदाबेदार टोलीको रुपमा रहँदै आएको छ । मोरङ पूर्वको फुटबल पावरहाउसनै भएकाले मोरङको टिम राम्रो हुने अनुमान गरिएको छ ।
उता, दार्जिलिङ युनाइटेडले पनि पाँचथरमा पटकपटक सहभागि जनाउदा उत्कृष्ट खेल प्रर्दशन गरे पनि सफल भने हुन सकेको छैन् । यस पटक आयोजकले दार्जिलीङबाट उत्कृष्ट खेलाडीहरुको टिम आउने अपेक्षा गरेका छन् । दार्जिलिङ युनाइटेडमा भारतीय लिग खेलेका राम्रा खेलाडीहरु आउन सक्ने अनुमान आयोजक लिएका छन् ।
प्रतियोगिता दिनको १ बजेबाट सुरु हुने छ । प्रतियोगितामा बिजेता हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।