पाँचथर । झापाको विर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड युनाइटेडले अनुभवि खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडीहरुको टोली उतारेको थियो ।
फिदिम माबिको खेलमैदानमा आइतबार सम्पन्न खेलमा इलामकाे रेडहर्स क्लबलाई १-० गोल अन्तरले स्तब्ध पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । झापाको जितका लागि श्याम मुर्मुले गोल गरे । खेलमा पराजित भए पनि इलामका गोलरक्षक विबेक मगरले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । अब बिर्तामोडले फाइनल प्रबेशका लागी कणर्सिं सोनाम स्मृति क्लब र हिमालय शेर्पा बिचको बिजेता सँग खेल्नेछ ।
खेलको २२ औं मिनेटमा मुर्मुले गरेको गोलनै झापालाई जित दिलायो । खेलको ३० आंैं मिनेटमा बिर्तामोडका प्रदिप बुढाथोकिले वान भर्सज वानको स्थितमा गोल गर्न चुके । दोश्रो हाफमा इलामले लगातार आक्रमण बुने पनि गोल गर्न नसक्दा टोली निराश बन्यो । इलामले दोश्रो हाफमा लगातार गोल गर्ने अवशर गुमाएको थियो । खेलको ८४ औं मिनेटमा बिर्तामोडका अनुभबि खेलाडी योगेश गुरुङको प्रहार इलामका गोलरक्षकले मुस्किलले बचाए । विजयी गोल गरेका झापाको मुर्मु खेलको म्यान अफ दि म्याचे घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
२३ गते फाइनल रेहेको प्रतियोगिततको बिजेताले चार लाख चार हजार चार सय ४४ रुपैँया र उपबिजेता टिमले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।
किराँत गोल्डकपमा सोमबार हुने खेल
डागीहाट फुटबल क्लब,मोरङ र दार्जिलिङ युनाइटेट क्लब,भारत
समय १ः ३० बजे