पाँचथर । पाँचथरमा जारी जिल्लाकै ठुलो राशिको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ आइतबार इलाम र झापा आम्नेसाम्ने हुँदैछन् । सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने खेलमा इलामको रेडहर्स फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेडले प्रतिस्पर्धा गनेैछन् ।
झापा र इलाम बिचको खेल प्रतिप्रर्धात्मक हुने अनुमान गरिएको छ । विर्तामोड युनाइटेड क्लब झापा, पाँचथरमा सर्वाधिक सफल क्लब हो । विर्तामोड युनाईटेड, झापाले पाँचथरका दर्जनौ. प्रतियोगिताहरुको उपाधि जितेको छ । बिर्तामोड पाँचथरको मैदानमा परिचित फुटबल क्लब हो । पाँचथरका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिताको उपाधि जितिसकेको विर्तामोड युनाईटेड झापा फिदिममा हुने प्रतियोगिताको सदबहार उपाधिदाबेदार टिम हो । बिर्तामोड युनाईटेड उत्कृष्ट खेलाडीहरुको साथमा उपाधि जित्ने लक्ष्यका साथ पाँचथर आउने बिर्तामोड युनाइटेडले बताएको छ ।
उता, रेर्डहर्स इलामले गत भदैमा पटक ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो । त्योबेला ए डिभिजन खेलेका र राष्ट्रिय टिमबाट समेत खेलिसकेका खेलाडीहरुले रेर्डहर्स इलाम निकै बलियो थियो । त्यो बेला इलामबाट खेलेका केहि खेलाडी बिदेश पलायन भए भने केहि खेलाडी काठमाण्डौं जारी नेपाल सुपर लिग खेलिरहेका छन् ।इलामले पनि स्थानिय खेलाडी सहित मौफसलमा चलेका खेलाडीहरुलाई समेटेर टिम निर्माण गरेको बताइएको छ ।
प्रतियोगिता दिनको १ बजेबाट सुरु हुने छ । प्रतियोगितामा बिजेता हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।