पाँचथर । पाँचथरमा शनिबारबाट शुरु भएको प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पाँचथरको जितमा शुकराज राई र बिशाल भण्डारीले गोल गरेका थिए । शनिबार भएको उद्घाटन खेलमा आयोजक पाँचथरले तेह्रथुमको मितेरी क्लब लाई २-० गोल अन्तरले हराएको हो । फिदिम माबिको नाइन ‘ए’ साइड खेलमैदानमा भएको तनाबग्रस्त खेलमा मितेरी क्लब अन्तिम समयमा ७ जना खेलाडीमा सिमित भएको थियो । उसका बिदेशि खेलाडी पेपे र ग्लोरीले रातो कार्ड खाँदै मौदान छाडेका थिए ।
खेलको ४३ औं मिनेटमा पाँचथरका शुकराज राईले गोल गर्दै पाँचथरलाई अग्रता दिलाए । कर्नरबाट आएको बल नियन्त्रण गर्दा मितेरीका किपरबाट रिबाउन्ट भइ आएको बललाइ शुकराज सुन्दर गोल गरेका थिए । खेलको ६० औं मिनेटमा पाएको फ्रिकिक प्रहारलाई गोलमा परिगात गर्दै पाँचथरका बिशाद भण्डारीले आफ्नो टोलीलाई बिजयी बनाए । फ्रिकिकबाट सुन्दर गोल गरेका पाँचथरका बिशाल भणडारी खेलमो प्लेयर्स अफ दि म्याच बने । उनले नगद ५ हजार प्राप्त गरे ।
ए डिभजनमा अनुभब बटुिल सकेका खेलाडीहरुकाे बाहुलियता रहेकाे मितेरीले पाएका अबशरहरुमा चुक्दा पहिलाे खेलबाटै बाहिरियाे । उसले बिश्वाश गरेका बिदेशि खेलडी पेपे र ग्लोरी अपेक्षाकृत खेल्न नसक्नुनै मितरीकाे हारकाे कारण बन्न पुग्याे ।
लगातार २ खेलाडीले रातो कार्ड पाए पछि मितेरीका प्रशिक्षक,समर्थकहरु मैदानमा पसेर रेफ्रि सँग बिबाद गरे पछि खेल तनाबग्रस्त बनेको थियो । निरन्तर बिबाद गरे पछि मितेरीका प्रशिक्षकलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मितेरीका खेलाडीहरु मैदान छाडेका थिए । रेफ्रिले मैदान फर्कन पटक पटक सिटि बजाएर बाेलाए पनि खेलाडीहरु मैदानमा नफर्किए पछि खेलका मुख्य रेफ्रि राजु थापा मगरले खेल सकिएको घोषणा गरेका थिए ।
किराँत गोल्डकपमा आइतबार हुने खेल
रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापा
समय १: ३० बजे