पाँचथर । फाल्गुनन्द गाउँपालिकाले ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाई नगद पुरस्कार दिने भएको छ । गाउँपालिकाले एक सय मुरीभन्दा धेरै धान फलाउनेलाई नगद ५० हजार र ५० मुरीदेखि एक सय मुरीसम्म फलाउनेलाई ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने नीति ल्याएको हो ।
फाल्गुनन्द गाउँपालिका ‘धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि-२०८०’ पारित गरे सँगै किसानलाई प्रोत्साहन गर्ने भएको हो । फाल्गुनन्द गाउँपालिकाले यसै आर्थिक वर्षदेखि किसानलाई पुरस्कार दिने निती ल्याएको हो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषकहरुलाई यस अघिनै प्रोत्साहन गर्दै आएको छ ।