पाँचथर । पाँचथर फुटबल क्लबको आयोजनामा हुने प्रथम किराँत गोल्डकपको खेलतालीका सर्वजजिक भएको छ । आइतबार क्बलले क्लबको सामाजिक सञ्जालमा खेलतालीका सार्वजनिक गरेको हो ।
पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीच प्रतिस्पर्धा हुने छ ।ए डिभिजन क्लब हिमालय शेर्पा सहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार पाउने छ ।
मंसिर १७ रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापा बिच प्रतिस्पर्धा हुने छ । मंसिर १८ डि.एफ.सि मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत सँग खेल्ने छ । १९ गते कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङले ए डिभिजन क्लब हिमालय शेर्पाको सामना गर्ने ।
यस्तै, मंसिर २० गते पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीचको विजेता तथा डि.एफ.सि मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतको विजेताबीच पहिलो सेमिफाइनल हुने छ भने अन्तिम सेमिफाइनल २१ गते रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापाको विजेता तथा कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र ए डिभिजन क्लब हिमालय शेर्पाको विजेताबीच हुने छ ।
मंसिर २३ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने पाँचथर फुटबल क्लब का अध्यक्ष अनुराग मगरले बताए । गोल्डकपको उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने छन् ।
प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ५ हजार प्रदान गरिने छ । प्रतियोगिताको सम्पुर्ण खेलहरु फिदिम माबिको निर्माणाधिन खेल मैदानमा हुने छ ।