इलाम ।इलाममा बस दुर्घटना भएको छ । रोङ गाउँपालिकाको लसुने र अर्याल चोकको बीच भागमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो ।
भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले
बसमा सवार ३७ जनामा सबै घाइते भएका छन् । बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
घाइतेमध्ये २६ जनाको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।