पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा तमाखे फुटवल क्बल फिदिम–८ र डिएफसि फिदिम–७ बिच भिडन्त हुने भएको छ ।
मंगबार भएको सेमीफाइनल खेलमा डिएफसिले सुम्नीमा फुटवल क्बललाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । १–० गोल अन्तरले जित निकालेको हो । डिएफसि यो प्रतियोगितामा निक्कै भाग्यमानी देखिएको छ ।
तमाखेले कठिन प्रतिस्पर्धी नोलो फुटबल क्लबलाई हराउँदै फाईनमा प्रवेश गरेका हो । २–० को जीत तमाखेले निकालेको हो ।
फाइनलमा पुगेको डिएफसि घरेलु टिम हो भने तमाखेमा अनुभवी खेलाडी छन् । फाइनल बुधवार रानीटार माध्यमिक विद्यालयको खेल मैदानमा हुदैँ छ । फाईनल भन्दा अगाडी फिदिम–७ र ८ बिच मैत्रीपूर्ण मेट्रान्स खेल हुने आयोजक त्रिवेणी युवा क्बलले जानकारी दिएको छ ।
रानीटार गोल्डकपको विजेता टिमले ७० हजार रुपैँया नगद र ट्रफि प्राप्त गर्ने छ भने उप–विजेता टिमले ४० हजार रुपैँया नगद र ट्रफि पाउने छ ।
कस्ले जित्ला रानीटार गोल्डकपको उपाधीः फाईनमा तमाखे र डिएफसी
कस्ले जित्ला रानीटार गोल्डकपको उपाधीः फाईनमा तमाखे र डिएफसी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस