पाँचथर– पाँचथरको सदरमुकाम फिदिमदेखि आधाघण्टाको दुरीमा रहेको भ्यूटावर देखि सिडिमार्ग भएर उकालो लाग्दा बातासे भन्ने ठाँउ आईपुग्छ ।
यहिनेर परम्परागत शैलिमा सजाईएको घर भेटिन्छ । यो घरको नाम पाहुना घर राखिएको छ । पर्यटकलाई आर्कषण गर्न बनाइएको यो घर लालिखर्क–बतासे सामुदायिक होमस्टेमा रहेको छ ।
बतासेबाट सदरमुकाम फिदिम उपत्यका जस्तो देखिन्छ । पर्यटकिय गन्तव्य लोब्रेकुटिको काखमा रहेका यहाँका होमस्टे विस्तार सुविधा सम्पन्न हुदैँ गएका छन् ।
‘पाथीभरा जाने सिजनमा फिदिम लगायतका बजारमा तिर्थयात्रीले बस्ने ठाँउ नपाएको देखेपछि हामीले उहाँहरुको सुविधाका लागि भनेर स्थापना गरेका हौँ । आन्तरीक पाउना आउनेक्रम छ’ होमस्टे महासंघ कोशि प्रदेशका सदस्य टंक राईले भने ‘कोरोनाले हामीलाई असर पर्यो । दशवटा घरमा होमस्टे बनाएका हो । सत्तरी–असी जना हटाउछौँ ।’
होमस्टे नजिकै अनेकन पर्यटकिय गन्तव्य रहेका छन् । मेची राजमार्गमा भएकाले यहाँका हामेस्टे पुग्न सजिलो छ । आसपासमा पर्ने पाँचथरको फिदिम नगरपालीकाको लालिखर्क बतासे क्षेत्रमा होमस्टेमा सेवासुविधाको विस्तार हुदैँ गएको छ । अनेकन पर्यटकिय गन्तव्य नजिक रहेका घरहरुमा होमस्टे सञ्चालनमा आएका छन् ।
गर्मि छैन् र धेरै जाडो पनि नभएको यो ठाँउ सुन्दर छ । यहाँका केहि होमस्टेमा खाजा, खानाका लागि निक्कै चलेका देखिन्छ । यहाँ स्थानिय परिकार खानपाईने हामेस्टे सञ्चालक तृष्णा राईले बताईन ।
फिदिमको भ्यूटारदेखि उकालो लाकेपछि रमाइलो यो क्षेत्रको नजिकमा लब्रेकुटि, सिलौटि, साधुटार लगायतका गन्तव्य छन् । सहरको होटलमा नबसि गाँउले परिबेशमा रमाउछु भन्नेका लागि उपयुक्त छ ।
साना साना घरहरु आर्कषक बनाएर सजाइएको देखिन्छ । प्रत्येक घरमा थरि थरि फूल सजाइएका छन् ।