पाँचथरका ६२ देखि ६४ वर्ष उमेर समूहका एक हजार ६ सय ९० जना ज्येष्ठ नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाएका छन् । पाँचथरमा बिहिबार र शुक्रबार दुई दिन सञ्चाल भएको अभियानमा यति ज्येष्ठ नागरिकहरुले खोप लगाएका हुन ।
अभियानको पहिलो दिन बिहिबार ६ सय ७४ जना र दोश्रो दिन शुक्रबार एक हजार १६ जनाले खोप लगाएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले जानकारी दिए ।
ज्येष्ठ नागरिकलाई कोरोना बिरुद्धको चिनिया भेरोसेल खोप लगाइएको हो । देशमा २५ गतेबाटे अभियान सञ्चालन भए पनि पाँचथरमा बिहिबारबाट मात्र अभियान सुरु भएको हो ।
पाँचथरमा दुई हजार सात सय ९१ जनाका लागी खोप आए पनि एक हजार ६ सय ९० जना ज्येष्ठ नागरिकहरुल मात्र कोरोना बिरुद्धको खोप लगाए । बाँकी रहेको खोपको डोज दोस्रो डोजको लागी सुरक्षीत राखिने सुबेदीले बताए ।