पाँचथर । फिदिम-३ लालीखर्क जारी लालिखर्क गोल्डकपको उपाधिको लागी आयोजक साँझा क्लब र वाइसिएल पाँचथर बिच प्रतिस्पर्धा हुने भएको छ । बिहिबार भएको सेमिफाइनलका खेलहरु जित्दै दुबै टोली उपाधि नजिक पुगेका हुन् ।
बिहिबार फिदिम ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफायनल खेलमा आयोजक साँझा क्लबले इलामको रेडहर्स क्लबलाई सडनडेथमा हराउदै फाइनल प्रबेश गरेको हो । निर्धारित ९० मिनेटमा १ गोलको बराबरी भएपछि सडेनडेथबाट छिनोफानो भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ४-४ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
सडन डेथमा अभागी साबित हुँदै इलाम घर फर्कियो ।
बिहिबारनै भएको दोश्रो सेमिफाइजल खेलमा वाइसिएल पाँचथरले रेडस्टार क्लब झापालाइ २-० गोलले हराउदै फाइजल प्रबेश गरेको छ । वाइसिएल पाँचथरको जितमा नवराज गुरुङ र जमिन लक्समले गोल गरे । वाइसिएल पाँचथरका नवराज गुरुङ म्यान अफ दि म्याच बने । फाइनल खेल शनिबार हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैँया नगद र ट्रफि प्राप्त गर्नेछ । उप-विजेताले ५५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफिमा चित्त बुझाउनु पर्ने छ ।