पाँचथर । फिदिम-३ लालीखर्क जारी लालिखर्क गोल्डकपमा टिका युवा क्लब काठमाण्डौंलाई १-० गोलले हराउदै वाइसिएल पाँचथर सेमिफाइनल प्रबेश गरेको छ ।
बुधबार फिदिम ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा वाइसिएल पाँचथरले ल्डकपमा टिका युवा क्लब काठमाण्डौंलाई १-० गोलले हराएको हो । वाइसिएल पाँचथरको लागी नवराज गुरुङले गोल गरे । खेलमा गुरुङ गरेको गोलनै निणर्ायक गोल बन्यो । खेलमा वाइसिएल पाँचथरका सुमन योङयाले म्यान अफ दि म्याचको पुरस्कार जिते ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सूरु हुने आयोजक क्लबका अध्यक्ष श्याम राईले जानकारी दिए । भोलीहुने पहिलो सेमिफाइनलखेलमा आयोजक साँझा युवा क्लब फिदिम र रेडर्हस इलाम बिच प्रतिस्पर्धा हुनेछ । भोलीनै प्रतियोगिताको दोश्रो सेमिफाइनलमा वाइसिएल पाँचथर र रेडस्टार झापा बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैँया नगद र ट्रफि प्राप्त गर्नेछ । उप-विजेताले ५५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफिमा चित्त बुझाउनु पर्ने छ ।