पाँचथर । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टि२० विश्वकपमा पुगेको खुशियालीमा जिल्ला क्रिकेट संघ पाँचथरले सदरमुका फिदिममा दिपप्रज्वलन गरेको छ । नेपाल १० वर्षपछि टि२० विश्वकपमा पुगेको खुसिमा पाँचथरका क्रिकेट समर्थकहरु संग क्रिकेट संघ पाँचथरले दिपप्रज्वलन गरेको क्रिकेट संघ पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपमा डेब्यू गरेको थियो । त्यो विश्वकपमा नेपालले हङकङलाई र अफगानिस्तानलाई हराएको थियो । नेपाल बंगलादेशसँग पराजित हुँदै सुपर १० मा पुगेको थिएन । नेपाल २०१६ को टि२० विश्वकपको लागि २०१५ को ग्लोबल छनोटबाट नै बाहिरिएको थियो ।
त्यसपछि आइसिसीले टि२० विश्वकप चार वर्षमा गर्ने जनाएको थियो । २०१९ को एसिया क्षेत्र छनोटबाटै नेपाल बाहिरिएको थियो । त्यसैले नेपालले २०२१ मा युएई र ओमानमा भएको विश्वकप खेल्न पाएको थिएन । २०२२ मा अष्ट्रेलियामा भएको टि२० विश्वकपको लागि नेपाल ग्लोबल छनोट ए बाट बाहिरएको थियो । त्यो समय नेपाल युएईसँग सेमिफाइनलमा ६८ रनले हराउँदै विश्वकप खेल्न पाएको थिएन ।