पाँचथर । छैटौंं तरुण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि फिदिम-८ले जितेको छ । स्थानिय वडा फिदिम -१ लाई उसकै घरेलु मैदानमा १-० गोलले पाखा लगाउदै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्म खेलमा खेलको ४७ औं मिनेटमा फिदिम-८ का अर्जुन गुरुङले गरेको गोलनै खेलको निणर्यक गोल बन्यो । कर्नर प्रहारबाट आएको पासलाई अर्जुनको वानटच प्रहार गोलमा परिणत भएको थियो । खेल अवधि भर दुबै टोलीले गोल गर्ने धेरै अवसर गुमाएका थिए । पाएका अवसर पटक पटक गुमाउदा घरेलु टोली फिदिम-१ उपबिजेतामा सिमित भयो ।
फिदिम- ८ उपाधि सहित नगद ५१ हजार नगद,ट्रफि र प्रमाण पत्र जित्दा उपविजेता फिदिम- १ ले नगद ३५ हजार ट्रफि र प्रमाण पत्र चित्त बुझायो । बिजेता टोली र उपबिजेता टोलीलाई नेपाली काँग्रेश पाँचथरका निर्वतमान सभापति नरेन्द्र कुमार केरुङले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितमा उल्लेखिय दर्शकहरुको उपस्थिति रहेको थियो ।
तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा फिदिम नगरपालिकाका १४ वडाले सहभागिता जनाए थिए । प्रतियोगिता भव्यरुपमा सफल भएको तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
फाइनल खेल अगाडी फिदिम भेट्रान र तेह्रथुम भेट्रान बिच भएको मैत्रिपुर्ण खेल २ गोलको बराबरीमा सकिएको थियो ।