पाँचथर । सदरमुकाम फिदिममा जारी छौटौं तरुण गोल्डक प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा फिदिम वडा नम्बर १,४ र १० विजयी भएका छन् । फिदिम माबिको खेलमैदानमा भएको पहिलो खेलमा फिदिम वडा नम्बर- ४ ले फिदिम – १२ लाइ हराउदै दोश्रो चरण प्रबेश गरेको छ ।
फिदिम -४ ले फिदिम- १२ लाई १-० गोल अन्तरले हराउदै अर्को चरण प्रबेश गरेको हो । फिदिम- ४ को लागी सरोज थापाले बिजयी गोल गरेका थिए । बिजयी गोल गरेका थापा म्यान अफ दि म्याच बने । आइतबार भएको दोश्रो खेलमा फिदिम— १ ले फिदिम- २ लाई ३-१ ले हराउदै फिदिम -१ दोश्रो चरण प्रबेश गरेको छ । फिदिम— १ को जितमा अतित आङबो, सर्कल श्रेष्ठ र शुभराज जंग क्षेत्रीले समान १ गोल गरे । यसखेलमा गोल गरेका अतित आङबोले म्यान अफ दि म्याच जिते ।
आइतबार भएको तेस्रो तथा अन्तीम खेलमा फिदिम -१० ले फिदिम-९ लाई २-१ गोलले हराउदै फिदिम-१० सेमिफाइनल प्रबेश गरेको छ । फिदिम -१० को जितमा प्रबिण जबेगुले २ गोल गरे । वडा नम्बर ९ को लागी सलिम लावतीले १ गोल फर्काएका थिए । खेलमा २ गोल गरेका फिदिम -१० का प्रबिण जबेगुले म्यान अफ दि म्याचको पुरस्कार जिते । म्यान अफ दि म्याचको पुरस्कार अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव वद्री भट्टराईले बितरण गरेका थिए ।
तरुण गोल्डकपमा साेमबार हुने खेलहरु
१. फिदिम -८ बिरुद्ध फिदिम -१३ दिउसो ११ बजे
२. फिदिम -७ बिरुद्ध फिदिम -४ दिउसो १२ः३० बजे
३. फिदिम -१ बिरुद्ध फिदिम -१४ दिउसो २ः३० बजे