पाँचथर । नेपाल तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा भोलीबाट तरुण गोल्डकप फुटबल प्रतियेगिता फिदिम माबिको खेल मैदानमा आयोजना हुने भएको छ । नेपाल तरुण दल पाँचथरको आयोजनामा फिदिम नगरपालिका स्तरिय फुटबल प्रतियोगिता हुने भएको हो ।
तरुणदल पाँचथरको आयोजनामा फिदिम नगरपालिकाका १४ वटा वडाहरु सहभागी हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको तरुण दल पाँचथरका अध्यक्ष सुमल लामाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेटिमले ५१ हजार नगद र प्रमाण पत्र प्राप्त गर्दा उपबिजेताले नगद ३५ हजार र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष लामाले बताए । अध्यक्ष लामाका अनुसार प्रतियोगिताको सम्पुणर् तयरी पुरा भएको छ । भोली २ बजे फिदिम वडा नम्बर ९ र ११ बिच प्रतिस्पर्धा हुनेछ ।
भोलीबाट फिदिममा तरुण गोल्डकप
भोलीबाट फिदिममा तरुण गोल्डकप

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस