पाँचथर– एकसय ७४ बर्ष अगाडी पूर्वी नेपाल घुम्न आईपुगेका वनस्पतिविद् जोसेज डाल्टन हुकरले ‘कञ्चनजङ्घा हिमाल मेरो नजिकै उत्तरतिर देखियो । यसका स्वच्छ, शुभ्र चुचुरा चम्किला पर्वतपुञ्ज जस्ता देखिए’ भनेर लेखेको हस्त गुरुङले अनुवाद गरेको कञ्चनजङ्घा जुहार नामक पुस्तकमा उल्लेख छ ।
उनले कञ्चनजङ्घा हिमाल देखेको समयमा लेखेका छन् ‘यस क्षेत्रबाट देखिएको सबैभन्दा मोहक दृश्य चाहिं कञ्चनजंघा हिमालको भव्य स्वरूप हो । त्यसले आफ्नो छेउमा कुब्रा हिमाल र जुन्नु हिमाललाई राखेर आफ्नो विशिष्ट उचाइ प्रदर्शन गरिरहेको थियो ।’
उनले हिडेको अनुमान गरिएको बाटोभन्दा केहि तल फिदिम नगरपालीका–७ को माक्लुम्बा, बरबोटेका खेतमा यतिबेला धान झुलेको छ । यहिको धानबारीबाट हुकरले व्याख्या गरेझै कञ्चनजङ्घा र आपासका हिमाल निक्कै सुन्दर देखिएका छन् ।
यहाँ लगाईको धान रैथाने हो । रैथाने धानका बाला यो पल्ट निक्कै राम्रोसँग लागेको देखिन्छ । यहिबाट हिमालको दृष्य सुन्दर देखियो ।
कञ्चनजङ्घासँग कुम्भकर्ण (फक्ताङलुङ) हिमालका दृष्य अत्यान्त सुन्दर देखिन्छ । गाँउमा परम्परागत शैलिका घरहरु छन् । घरकै झ्याल, सिकुवाबाट हिमाल देखिन्छ ।
गाँउघरमा धान झुल्ने बेला भएको छ । थरिथरिका फूल फूलेका छन् । हिमालको पृष्ठभुमिपारेर यि दृष्यहरु लोभलाग्दा देखिन्छ । पूर्वी पहाडका विभिन्न गाँउबाट कञ्चनजङ्घा हिमश्रृखलाका दृष्य देखिन्छन् । पाँचथर, तेह्थुमका गाँउबाट हेर्दा निक्कै मनमोहक लाग्ने यि हिमालहरु ताप्लेजुङमा छन् ।
कञ्चनजङ्घा विश्वकै तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा हिमाल ८ हजार ५ सय ८६ मीटर अग्लो छ । यो हिमश्रृखला हेर्न निक्कै सुन्दर मानिन्छ । पूर्वी पहाडबाट कुम्भकर्ण (फक्ताङलुङ) हिमालपनि हेर्न निक्कै सुन्दर छ । विश्वकोे ३२औँ र नेपालको पन्ध्रौ अग्लो हिमाल हो । यसको उचाई ७,७११ मिटर रहेको छ ।
यो बेला हिमाल निक्कै सुन्दर देखिन्छ । अक्टोबर, नोभेम्बर महिनालाई घुम्नलाई उपयुक्त मानिन्छ ।