पाँचथर । मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारमा दशैंको अबशर पारेर फुटबल प्रतियोगिता हुने भएको छ । आदिबासि पारुहाङ युवा संघको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता मिक्लाजुङ ४ हिकुनम्बाको खेलमैदानमा कार्तिक १६ गतेबाट आयोजना हुने आयोजक क्लबले जानकारी दिएको छ । प्रतियोगितामा स्थानिय क्लब, संघसंस्थाहरु सहभागि हुन सक्ने आयोजकले बताएका छन् ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपबिजेताले ३० हजार प्राप्त गर्ने आयोजक टिमका अर्पण राईले जानकारी दिए ।