होमस्टे (घरबास) महासंघ कोशि प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । पाँचथरको फिदिम–३ मा रहेको लालिखर्क बतासे होमस्टे क्षेत्रमा भएको अधिवेशनले लिलादेवि भटराईको नेतृत्वमा प्रदेश समिति चयन गरेको छ ।
भटराईको इलामको माइपोखरीमा हमोमस्टे रहेको छ । उनी यसअघिको तदर्थ समितिको उपाध्यक्ष थिइन् । अधिवेशनमा कोशी प्रदेशका विभिन्न सामुदायिक होमस्टेमा आवद्ध पर्यटनकर्मी भेला भएका थिए । समितिको उपाध्यक्ष त्रिलोचन घिमिरे (धनकुटा), सचिव मन्जिल देवान (झापा) र कोषाध्यक्ष विजय साँवा (ताप्लेजुङ) रहेका छन् ।
कोशी प्रदेशका होमस्टेकर्मीसहित केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दानिया थारु, संस्थापक अध्यक्ष भिम केसि लगायतका उपस्थीति रहेको थियो ।