गिरिराज बाँस्कोटा
कोरोना भाईरस पछिको यो सिजनमा पर्याप्त विदेशी पर्यटक आउने आशा कञ्चनजङ्गा क्षेत्रका पर्यटन व्यवसायिले गरेका छन् । मौसम खुलेपछि कञ्चनजङ्घा हिमश्रृखला टाढैबाट मनमोहक देखिन थालेको छ । यसको बेसक्याम्प क्षेत्र झनै सुन्दर छ ।
हिमाली क्षेत्रको पदयात्रा गर्ने सिजन सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनु पूर्व वाह्य र आन्तरीक पर्यटको संख्यामा हरेक बर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोना कालका केहिबर्ष पछि यो सिजनमा ठुलो संख्यामा पर्यटक आईपुग्ने अपेक्षा गरिएको छ ।
विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमश्रृखला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्यता मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्यहुँदा हुदैँ पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्पूर्ण गन्तव्य हुने देखिन्छ ।
‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोना पछि यो पल्ट धेरै पर्यटक आउने अपेक्षा राखिएको छ । आन्तरीक र केहि विदेशी पर्यटक आउन थाल्नु भएको छ’ घुन्साका पर्यटन व्यवसायी धर्के (दिपक) शेर्पाले भने ‘करिब १८–१९ दिनमा सर्किटनै पुरा गर्न सकिन्छ । घुम्ने अत्याधिक ठाँउहरु भएकाले यहाँ आउने पर्यटकहरु निक्कै रमाउनु हुन्छ । हामी स्वागत गर्न आतुर छौँ ।’
पदयात्राका लागि यो क्षेत्र निक्कै महत्पूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङलुङ् हिमाल यहाँको अत्यान्त महत्पूर्ण क्षेत्र हो । कमैलेमात्र घुमेको यो ठाँउमा हिमाल, प्राकृतिक सौन्दर्यता, हिमाली सस्कृतीमा रमाउनका लागि महत्पूर्ण छ । ‘कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानि, ताल, पोखरी, हिमाली जनजिवन मुख्य विशेषता हुन् । टे«किङ रुटलाई व्यवस्थित गरिएको छ । होटल, टिहाउस भएकाले धेरै असुविधा छैन्’ कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बु भन्छन् ‘सडक निक्कै टाढा भएकाले टे«किङ गर्न उपयुक्त छ । विदेशीहरुले यहि भएर बढि रुचाएका छन् । क्रमशः पर्यटकहरुको वृद्धि हुने अपेक्षा राखिएको छ ।
बस्नका लागि होटल सुविधा रहेको छ । भौगोलिक रुपमा सुदुर पूर्व भएपनि घुम्नलाई उपयुक्त छ । आन्तरीक पर्यटकहरुका लागि पनि महत्पूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाईड फुङ्सो जवेगु । आन्तरीक पर्यटकलाई घुमाउन पटक पटक पुगेका उनी भन्छन् ‘अहिले पनि नौँ जनाको टोलि लिएर गईरहेको छु । धेरै सम्भावना भएपनि केहि ओझेलमा यो क्षेत्र रहेको छ ।’
नेपाल तर्फ उत्तरी र दक्षिणी बेस क्याम्प रहेका छन् । उत्तर तर्फ र दक्षिण तर्फमात्र पुगेर फर्किन्छ भने कोहि सेसेले पास गरेर सर्किट गर्छन् ।
८ हजार ५ सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाईलो, उत्साप्रद हुन्छ । उत्तर तर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ । यहि पास गरेर दुबै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिण तर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुबैवटा बेसक्याम्प उत्तिकै आर्कषक छन् । उत्तर तर्फ लिम्बुजातीले पवित्र स्थलको रुपमा मानेको फक्ताङलुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निक्कै आर्कषक देखिने यो हिमालको महत्व निक्कै रहेको पाईन्छ ।
तुलनात्मक रुपमा कञ्जनजंघा हिमाल कममात्र आरोहण भएको छ । ‘अनेकन सम्भावनाले भरिएको छ । हिमाल, हिमाली वन्यजन्तु लगायका हिसाबले महत्पूर्ण छ’ कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत दिपेन्द्र पोखरेलले भने ‘समुदायमा आधारीत संरक्षण क्षेत्रभएकाले पनि महत्पूर्ण छ ।’
काठमाण्डौँदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमान स्थलको भर नपर्ने हुदा कम पर्यटक आएका हुन सक्छन् । यो क्षेत्रको महिमाको पर्याप्त प्रचार भएको देखिदैन । कञ्चनजंघा हिमालका साथमा अन्य हिमश्रृखला रहेका छन् । कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभारा जस्ता हिमालहरु रहेका छन् । साझमा ठाँउ ठाँउमा हिमाल पोखरीमा टल्किन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । विहानदेखि साझसम्मका हिमालका वद्लिरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरी हिमाली सस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभुमि बनाएर चौरीको तस्विर खिच्ने उत्तिकै देखिन्छन् ।
अबको पदयात्राको अत्यान्त महत्पूर्ण क्षेत्रको रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताउँछन् याम्फूदिनका बासिन्दा पान्जो शेर्पा ।
२०५४ सालदेखि यो क्षेत्रलाई सरक्षण क्षेत्रको रुपमा विकास गरीएको थियो । २०६३ साल असोजमा समुदायलाई हस्तान्तरण गरीएको थियो । यो क्षेत्र २ हजार ३५ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । ओलाङचुङगोला, घुन्सा लेलेप, तापेथोक, याम्फूदिन क्षेत्रमा पर्ने यो सरक्षण क्षेत्र विभिन्न विविधता कारणले पनि महत्पूर्ण छ । हिमाली जनजीवन, शेर्पाहरुको जीवनशैलि, याक, चौरीको अवस्थीति, महत्पूर्ण जरिवुटि, प्राकृतिक सौन्दर्यता आनन्दायी लाग्छ ।
हाल गाडी पुग्ने सेकाथुम आम्जीलेसा हुदै दुई दिनमा घुन्सा पुगिन्छ । उपत्यका जस्तो घुन्सा अहिले सहर जस्तो भएको छ । घुन्सादेखि खम्बाचेन, लोनाक हुदै तीन दिनमा उत्तरी पाङपेमा बेस क्याम्प पुगिन्छ । यो ५ हजार १ सय ४० मिटर उचाईमा पर्छ । खम्बाचेनदेखि फक्ताङलुङ (कुम्भकर्ण) हिमालको बेस क्याम्प जान मिल्छ । सेलेले पास गरेर दुबै बेस क्याप पुग्न सकिन्छ । ओक्ताङ साउथ बेस क्याम्प ४ हजार ७ सय ५० मिटरमा छ । याम्फूदिनसम्म गाडीमा तोरेङदिन, चेराम, रामजेर हुदै साउथ बेस क्याम्प पुगिन्छ ।
हिउँ चितुवाकालागि यो क्षेत्र महत्पूर्ण छ । पटक पटक हिमचितुवा देखिएको सो क्षेत्रका बासिन्दाको दावि छ । यो क्षेत्रमा रैथाने र घुमन्ते गरी ३ सय ३ प्रजातीका पाईने बताईन्छ । यि मध्ये २ प्रजातीका चरा विश्वमै लोप हुन लागेका छन् । यहाँ २ सय ६६ ताल रहेको परिषदले जनाएको छ । विभिन्न नामका हिमानदि यहाँ रहेका छन् । यहाँ ६ प्रकारका सर्प, ४ प्रजातीका छेपारो, १५ प्रजातीका उभयचर, २१ प्रजातीका माछा पाईने बताईन्छ । ८३ प्रजातीका किरा फट्याङ्ग्रा, ८ सय ४४ प्रजातीका फूल फूल्ने प्रजातीका विरुवा पाईन्छन् ।
कञ्चनजंघा हिमाल पहिलो पल्ट १९५५ मे २५ मा पहिलो पल्ट आरोहण भएको पाईन्छ । जाँज बैड र जो ब्राउनले पहिलो यो हिमाल चढेका थिए । यो हिमाल चढ्नेको संख्या कमिनै छ । यो क्षेत्रमा घुम्न आउनेको संख्या पनि कम छ ।
केहि दिन, केहि हप्ता, र महिनाभरी घुम्न सकिन्छ । घुम्नेको अनुकुल समय र हिमाली क्षेत्रमा हिड्न सक्नु पर्छ । यो क्षेत्र वाह्य पर्यटकका लागिमात्र नभई आन्तरीक पर्यटकको लागि पनि महत्पूर्ण छ ।