झापा। झापामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल छन् ।
२२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।कमालले ती महिलालाई विवाह गर्ने आश्वासन दिँदै अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेको आरोप छ । सो उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुरुंगाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।