झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेचीमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
ईलाम जिल्लाको रोङ गाउँपालिका ६ बस्ने ४० वर्षीया सोमा तामाङ सो नदीमा हाम फालेकी हुन्।
जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी तिरिङबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो।
उनलाई आफन्तको जिम्मा लगाइएको छ।