ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगितामा आजबाट सेमीफाईनका खेलहरु सूरु हुने भएका छन् । हिजाे समिकरण पुरा भए सँगै आजबाट सेमिफाइनलका खेलहरु हुने भएका हुन् । आईतवार भएको खेलमा पाउना टोली युनाईटेड खार्साङ दार्जेलिङलाई हराउँदै रेडस्टार फुटवल क्बल झापाले अन्तिम चारमा स्थान सुरक्षित बनाएसँगै सेमीफाईनलको समिकरण पुरा भएको छ ।
रेडस्टारसँगै जुटविकास फुटवल एकेडेमी सुनसरी, रेडहार्ष इलाम, पथरी ११ मोरङले यस अघिनै सेमिफाइनल प्रबेश गरिसकेका थिए । आज हुने पहिलो सेमीफाईनल खेल जुटविकास सुनसरीले पथरी ११ को सामाना गर्ने छ ।
लाखे मेलाको अवसरमा आयोजना भएको फुटवल प्रतियोगितमा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता हेर्न भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । आ जकाे खेल ३: ३० बजे हुने आयाेजकले बताएका छन् ।
प्रतियोगिता विहिबारबाट सुुरु भएको थियो । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १ सय ११ रुपैँया नगद सहित ट्रफि पाउने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । उपविजेताले १ लाख ५१ हजार १ सय ११ र ट्रफि पाउने छ ।