झापा । झापाको भद्रपुर नगरपालिका–९ बाट सोमनाथ सिग्देलकी तीन वर्षीया छोरी सोमबार दिउँसो हराएकी छन्।
केदारेश्वर मन्दिरछेउ निवासी सिग्देलकी छोरीलाई एक भारतीय व्यक्तिले अपहरण गरेर लगेको हुनेसक्ने अनुमान स्थानीयबासीले गरेका छन्।सो क्षेत्रमा बिहानैदेखि बोल्न नसक्ने मानिसको अभिनय गर्दै घरघरमा भारतीय नागरिक माग्दै हिँडेको स्थानीयवासीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाले सो सूचना पाएलगत्तै मातहतका कार्यालयहरुमा जानकारी पठाइ भारतीय व्यक्ति र बालिकाको खोजी गरिरहेको जनाएको छ।
सामाजिक सञ्जालबाट बालिकाको तस्वीर पोस्ट्याएर स्थानीयवासी, पत्रकार सबैले खोजी गर्न र सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गर्न खबरदारी गरिरहेका छन्।