काठमाडाैं । काठमाडाैं उपत्यकामा केही दिनदेखि निरन्तर झरी परिरहेकाे छ । आज पनि बिहानैदेखि सिमसिम पानी परिरहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।
साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसमविद्ले जानकारी दिएका छन् ।
आज दिउँसाे देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।