पाँचथर । पछिल्लो समय बिभिन्न दाताहरुले बालबालिकाहरुलाई सहयोग गरेको नाममा उनिहरुको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रचार गर्नेक क्रम बढे पछि फिदिम नगरपालिकाले बालबालिकालाई सहयोग गर्दा बालबालिकाको फोटो र नाम प्रयोग नगर्न आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले सहयोग गर्दा बालबालिकाको फोटो र नाम प्रयोग नगर्न अनुरोध गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २९५ को उपदफा १ मा कसैले कुनै ब्यक्तीको अनुमति बिना निज फोटो खिच्न नपाइने कुरा सम्झाउदै नगरपलिकाले सूचना जारी गरेको हो ।
बालबालिकाहरु आफै फोट भिडियो खिच्न अनुमति दिनको लागी सक्षम नभएको र गरिबि अभावलाई समाज समक्ष प्रर्दशन गर्दा बालबालिकाहरुमा हिनताबोध हुने, मनोबैज्ञानिक असर हुनसक्ने भन्दै फिदिम नगरपालिकाले सहयोग गर्दा बालबालिकाको फोटो र नाम प्रयोग नगर्न अनुरोध गरेको सूचनामा उल्लेख गरेको छ ।
सहयोगीदाताहरुले बिपन्न, अनाथ बालबालिकाहरुलाई सहयोग गर्दा फोटो र नाम बिना सामाजिक सञ्जालमा अपलोड गर्न नगरपालिकाले भनेको छ ।