तेह्रथुम । तेह्रथुम बहुमुखी क्याम्पसका ५० जना विद्यार्थीहरूलाई मंगलबार छात्रवृत्ति वितरण गरिएको छ । २०७८ र २०७९ सालमा संचालित विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति वितरण गरिएको हो ।
क्याम्पसमा स्थापना भएको अक्षयकोषको ब्याजबाट प्राप्त छात्रवृत्तिहरु र क्याम्पसबाट प्रदान गरिने जेहनदार तथा निःशुल्क छात्रवृत्तिहरु सहित गरी १ लाख ५४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति विभिन्न संकाय र तहका विद्यार्थीहरुले प्राप्त गरेका छन् ।
क्याम्पसमा रामचन्द्र मैनालीद्वारा स्थापना भएको ५० हजार राशिको अक्षयकोषको सीतादेवी मैनाली स्मृति छात्रवृत्तिबाट ६ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय प्रथम वर्षका विद्यार्थी सक्कु लक्समले प्राप्त गर्नु भएको छ ।
स्वर्गीय लक्ष्मीप्रसाद र तारादेवी उप्रेतीद्वारा स्थापना भएको १ लाख राशिको अक्षयकोषको लक्ष्मीतारा छात्रवृत्तिबाट प्रति विद्यार्थी ६ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय दोस्रो वर्षका विद्यार्थीहरू अम्बिका बास्कोटा र पूजा कन्दङवाले प्राप्त गर्नु भएको छ ।
स्वर्गीय लक्ष्मीप्रसाद र तारादेवी उप्रेतीद्वारा स्थापना भएको ५० हजार राशिको अक्षयकोषको शेर्पा काइला स्मृति छात्रवृत्तिबाट प्रति विद्यार्थी ५ हजार रूपैयाँ स्नातकोत्तर तह तेश्रो वर्षका विद्यार्थी शंकर चापागाईं र मानविकी संकाय दोस्रो वर्षका विद्यार्थी पेमालमु शेर्पाले प्राप्त गर्नु भएको छ ।
स्व. गौरीप्रसाद आचार्य र उहाँका दस भाइहरूद्वारा स्थापना भएको ५० हजार राशिको अक्षयकोषको गंगाबहादुर आचार्य स्मृति छात्रवृत्तिबाट ३ हजार रूपैयाँ शिक्षा शास्त्र संकायका विद्यार्थी गोमादेवी तामाङले प्राप्त गर्नु भएको छ ।
यज्ञप्रसाद ओलीद्वारा स्थापना भएको २ लाख राशिको अक्षयकोषको गंगामाया डाँगी ओली स्मृति छात्रवृत्तिबाट प्रति विद्यार्थी ५ हजार रूपैयाँ मानविकी संकायक तेस्रो वर्षका विद्यार्थी शंकर उप्रेती र शिक्षा शास्त्र संकाय दोस्रो वर्षका विद्यार्थी मिलन ओलीले प्राप्त गर्नु भएको छ ।
छविलाल थपलिया र छोराहरूद्वारा स्थापना भएको १ लाख राशिको अक्षयकोषको पुष्पलिला स्मृति छात्रवृत्तिबाट ६ हजार रूपैयाँ मानविकी संकाय प्रथम वर्षका विद्यार्थी गिता कट्टेलले प्राप्त गर्नु भएको छ ।
भानुप्रासद थपलिया र छोरा डा. रोशन थपलियाद्वारा स्थापना भएको ५० हजार राशिको विष्णुमाया थपलिया स्मृति छात्रवृत्तिबाट ५ हजार रूपैयाँ मानविकी संकाय दोस्रो वर्षका विद्यार्थी ईन्दिवर ओलीले प्राप्त गर्नु भएको छ ।
भानुप्रासद थपलिया र छोरा डा. रोशन थपलियाद्वारा स्थापना भएको ५० हजार राशिको भानुप्रसाद थपलिया स्मृति छात्रवृत्तिबाट ५ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय चौथो वर्षका विद्यार्थी मिलनकुमार सिटौलाले प्राप्त गर्नु भएको छ ।
भानुप्रासद थपलिया र छोरा डा. रोशन थपलियाद्वारा स्थापना भएको ५० हजार राशिको भुवन महनी थपलिया स्मृति छात्रवृत्तिबाट ५ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय तेस्रो वर्षका विद्यार्थी अम्बिका बास्कोटाले प्राप्त गर्नु भएको छ ।
नरेन्द्र थपलिया र भरत थपलियाद्वारा स्थापना भएको १ लाख राशिको लोमनाथ देवका थपलिया स्मृति छात्रवृत्तिबाट प्रति विद्यार्थी ५ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय दोस्रो वर्षका विद्यार्थी भावना थपलिया र मानविकी संकाय तेस्रो वर्षका विद्यार्थी पर्शुराम तिवारीले प्राप्त गर्नु भएको छ ।
क्याम्पसमा २०६८ सालमा कार्यरत २३ जना प्राध्यापकहरूद्वारा स्थापना भएको १ लाख राशिको स्वर्ण महोत्सव छात्रवृत्तिबाट ६ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय प्रथम वर्षका विद्यार्थी भावना भट्टराईले प्राप्त गर्नुभएको छ ।
क्याम्पसमा २०६८ सालमा कार्यरत १४ जना कर्मचारीहरूद्वारा स्थापना भएको ५० हजार ५१ रूपैयाँ राशिको गोल्डेन जुब्ली छात्रवृत्तिबाट ५ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय तेस्रो वर्षका विद्यार्थी विवेक प्रज्वल ईङनामले प्राप्त गर्नुभएको छ ।
पुरूषोत्तम र षष्टिका मिश्रद्वारा स्थापना भएको ६१ हजार राशिको गंगा गेह छात्रवृत्तिबाट ५ हजार रूपैयाँ मानविकी संकाय प्रथम वर्षका विद्यार्थी सुजन भट्टराईले प्राप्त गर्नुभएको छ ।
भक्तराज संयकद्वारा स्थापना भएको ५० राशिको भक्तराज संयक छात्रवृत्तिबाट ५ हजार रूपैयाँ मानविकी संकाय प्रथम वर्षका विद्यार्थी रेन्जल तिखत्रीले प्राप्त गर्नुभएको छ ।
लक्ष्मीदेवीफ मनमाया र डिल्लीराम सिटौलाद्वारा स्थापना भएको ७५ हजार राशिको हरिचरण भोलानाथ स्मृति छात्रवृत्तिबाट ५ हजार रूपैयाँ शिक्षा शास्त्र संकाय दोस्रो वर्षका विद्यार्थी पार्वता ओलीले प्राप्त गर्नुभएको छ ।
क्याम्पसमा स्थापन भएको ५० हजार राशिको धरणिधर न्यौपाने स्मृति छात्रवृत्ति र ७ हजार राशिको कृष्ण पकुवाल छात्रवृत्ति अर्को वर्षदेखि वितरण गरिने भएको छ ।
क्याम्पसबाट प्रदान गरिने ९ जना विद्यार्थीले जनही ४ हजार रूपैयाँ जेहन्दार, १२ जना विद्यार्थीले जनही ३ हजार रूपैयाँ ५० प्रतिशत नि:शुल्क र १० जना विद्यार्थीले जनही १ हजार ५ सय रूपैयाँ २५ प्रतिशत नि:शुल्क छात्रवृत्ति प्राप्त गरेका छन् ।
विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुले प्रतिव्यक्ति रु.१५००/-देखि रु.११ हजारसम्म छात्रवृत्ति प्राप्त गरेका थिए।
क्याम्पस प्रमुख पोष्टराज लामिछानेको अध्यक्षता भएको छात्रवृत्ति वितरण कार्यक्रम आठराई गाउँपालिकाका उपाध्यक्ष वलिराज ईङनामको विशेष आतिथ्यतामा भएको थियोे ।
क्याम्पस विद्यार्थी कल्याण प्रमुख लाेकेन्द्र सिटौलाको स्वागत तथा सहायक क्याम्पस प्रमुख दिपकराज उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा आठराई गाउँपालिका उपाध्यक्ष वलिराज ईङनाम, प्राध्यापक संघका सभापति गणेश बिमली, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोला, अक्षयकोष संस्थापकका प्रतिनिधिकाे तर्फबाट जयप्रसाद मैनाली, अभिभावककाे तर्फबाट केदार पाैडेल, स्ववियु सभापति ताराप्रसाद दाहालले बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियोे ।