पाँचथर– पाँचथर सदरमुकाम फिदिममा रहेको खेलमैदानको पुनः निर्माणको काम सुरु गरेर बिचमा अलपत्र पारेपछि फिदिम नगरपालीकाले १५ दिनको अल्टिमेटम दिएको छ ।
लथालिङ्ग खेलमैदानले सदरमुकामको दृष्यनै कुरुप बनाईदिएको छ भने खेलकुद लगायतका गतिविधि ठप्प भएका छन् । पटक पटक अनुरोध गर्दापनि काम अगाडी नबढेको भन्दै नगरपालीकाका जनप्रतिनिधि आक्रोशित बनेका छन् ।
नगरपालीकाले पत्रकार सम्मलेनको आयोजना गर्दै राष्ट्रिय खेलकुद विकास समिति र ठेकेदार पिएस किरातेश्वर÷मैनाचुली जेविलाई दिनभित्र काम अघि बढाउन ध्यानाकषर्ण गराएको छ ।
‘खेलमैदानको काम बिचैमा रोकिदा खेलकुद, मेलामहोत्सव अवरुद्ध भएका छन् । विपदको बेला प्रयोग गर्ने खुल्ला ठाँउपनि छैन् । सुविधा सम्पन्न खेलमैदानको निर्माणको काममा चरम लापवार्हि भएको छ’ फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लले भने ‘१५ दिनभित्रका काम अघि बढेन भने विकल्प खोज्छौँ ।’
सुविधासम्पन्न खेलमैदानका लागि २०७७ माघ महिनामा १० करोड ७९ लाखमा ठेक्का लागेको थियो । थपिएको म्याद पनि सकिदा खेलमैदान निर्माणको कामको प्रगति समान्यमात्र रहेकोछ ।
यस अघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि निर्णय गरेर खेलमैदानको काम तत्काल सूचारु गर्न पत्रचार गरेको थियो । फोन नउठाउने, वास्ता नगर्ने गरेको गुनासो रहेको छ ।
फिदिम नगरपालिकाले भन्यो : १५ दिनभित्रमा खेलमैदानको काम थाल्नुस्
फिदिम नगरपालिकाले भन्यो : १५ दिनभित्रमा खेलमैदानको काम थाल्नुस्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस