पाँचथर– असारको पहिलो साता गएको बाढि पहिरो प्रभावित भएमध्ये पाँचथरको याङवरक गाँउपालीकाको च्याङ्थापु र फालेलुङ गाँउपालीकाको गुरुङटारमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बाढि, पहिरोका कारण हुने तनाव, स्वास्थ्यमा देखिने समस्यालाई ख्याल गर्दै उक्त शिविर सम्पन्न भएको हो । इन्टरनेशनल नेपाल फेलोसिप हरियो खर्क अस्पतालको सहयोगमा स्वास्थ्य परिक्षण भएको हो ।
पाँचथर अस्पतालका डाक्टर भास्कर झा र सारन्स घिमिरेले स्वास्थ्य परिक्षण गरेका थिए । विरामीलाई औषधीसमेत वितरण गरिएको थियो ।
च्याङ्थापुमा भएको स्वास्थ्य शिविरमा २ सय ८३ जना र फालेलुङमा १ सय ६० जनाले परिक्षण गराएको शिविरको समन्वयकर्ता ताराहाङ तावाले जानकारी दिए ।
आयोजकका प्रतिनिधिहरु स्वास्थ्य शिविरका लागि केहिदिन पाँचथरमा थिए । स्वास्थ्य शिविरसँगै विपदमा आवश्यक समाग्रि समेत प्रदान गरिएको जानकारी दिइएको छ ।
२० थान त्रिपाल, २५ थान स्ट्रेचर, फस्टएड बक्स २० थान, हेलमेट ५० थान, ज्याकेट ५० थान, कृप व्याण्डेज, फायर स्ट्रेङ्गिचर पन्जा,सिटी, मेडिकल टेन्ट दुवै स्थानिय तहमा प्रदान गरिएको जानकारी दिइएको छ ।
बाढि/पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर
बाढि/पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस