पाँचथर । साफ यु-१९ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय यु-१९ फुटबल टोली तयार पार्न एन्फाद्वारा निर्देशन भए बमोजिम पाँचथर जिल्लाबाट पहिलो चरणको छनौट कार्यक्रम शनिबार सम्पन्न भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा सञ्चालन हुने यु-१९ समूहको प्रतियोगितामा सहभागिता जनाउन पाँचथर जिल्ला फुटबल संघले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ । कोशी प्रदेश फुटबल संघ तथा अखिल नेपाल फुटबल संघको पत्रअनुसार पाँचथरले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाएको हो ।
जिल्लास्तरीय छनौटतर्फ पाँचथर १० खेलाडीहरु छनौट भएका छन् । शनिबार फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडामा भएको छनौटमा १० खेलाडी छानिएको हो । छनौट कार्यक्रमा पाँचथर भरका ६१ खेलाडी सहभागी रहेको फुटबल संघ पाँचथरका प्रशिक्षक पासाङ तामाङले जानकारी दिए । सहभागी ६१ खेलाडी मध्ये १० जना छानिएकाे तामाङले केन्जाेखबरलाइ जानकारी दिए । छनौट कार्यक्रममा खेलाडी उत्साहितरुपमा सहभागी भएको तामाङले जानकारी दिए । त्यस्तै , अब दोस्रो चरणतर्फ अब प्रदेशस्तरीय छनौट कार्यक्रम यही साउन २२ र २३ गते धरान रंगशालामा छ ।
प्रदेशस्तरीय छनौट कार्यक्रमबाट छनौट भएका खेलाडीहरु काठमाडौंमा हुने अन्तिम चरणको छनौट कार्यक्रममा सहभागि हुनेछन् ।
छनौट भएका खेलाडीहरु
मिराक खजुम फिदिम १०
निशान नेम्बाङ फाल्गुनन्द २
संगम माबो याङवरक ५
भविष्य राई फिदिम १४
निर्देशन राई फिदिम १४
रोमन लावती मिक्लाजुङ ५
गौरब ङ काम्बाङ याङवरक ५
रोजन राई फिदिम १४
अतित आङबो फिदिम १२