पाँचथर । पाँचथर जिल्ला ब्याडमिन्टन संघको छैटौं जिल्ला अधिबेशनबाट तेजबहादुर तुक्बापोको अध्यक्षतामा ९ सदस्यीय सर्वसहमतिय नयाँ कार्यसमिति गठन गरेको छ ।
शनिबार फिदिममा सम्पन्न संघको छैटौं साधारण सभाले तुम्बापोको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण तामाङ र सागर थापा मगर चयन भएका छन् । सचिवमा मंगल बेघा र कोषाध्यक्षमा बेनु तिम्सिना चयन भएका छन् । यसैगरी समितिका सदस्यहरुमा श्री आङबो, सन्तोष रसाइलि, जयप्रकाश नेम्बाङ र अबिना गुरुङ चयन भएका छन ।
साधारण सभाले चार वर्षिको लागी कार्यसमति चयन गरेका हो ।