पाँचथर । निर्णय गर्ने कार्यान्वयन नगर्ने यो नेपाली समाजको चित्रणनै हो । यहि चित्रणलाई पटक पटक दोर्याउदै छ फिदिम नगरपालिकाले । फिदिम नगरपालिकाको सदरमुकाम फिदिम बजार व्यवस्थापन गर्ने निर्णयको कार्यान्वयन फितलो छ । फिदिम बजार भित्रको अव्यस्थित सवारी पार्किङ व्यवस्थापन गर्ने भन्दै फिदिम नगरपालिकाले पटक-पटक निर्णय लिए पनि यसको कार्यान्वयनको अवस्था लगभग शून्य छ ।
यतिसम्म कि आफुले गरेको सोहि निर्णय ७ महिना बिति सकेको पनि फिदिम नगरपालिकाले पत्ता पाएन । बिहिबार फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरु बैठक बसि पहिलो निर्णयनै फिदिम बजार क्षेत्र भित्रको पार्किङलाई व्यवस्थित गर्ने निणर्य गर्यो । बिद्यालय समयमा मेचिराजमार्गबाहेक फिदिम बजार भित्रका सडकहरु बिहान साढे ९ बजेबाट साढे १० बजे र दिउसो साढे ३ बजेबाट साढे ४ बजे सम्म सबारी साधनहरु सञ्चालनमा रोक लागउने निणर्य गर्यो ।
जबकी फिदिम नगरपालिकाले २०७९ पुस २४ गतेनै एक सूचना जारी गरि यो निर्णय कार्यान्वयन गर्न भनेको थियो । फिदिम नगरपालिकाले २०७९ पुस २४ गते एक सूचना जारी गरि माघ २ गतेबाट सबै किसिमका सवारी साधनहरु अनिर्वायरुपमा बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने फिदिम नगरपालिकाले जनाएको थियो । फिदिम बजार क्षेत्र भित्रका गणतन्त्र चौक,शनिबारे र बुद्धमार्गबाट मात्र सवारी साधनहरुले यात्रुहरु झार्ने र चढाउन पाउने सूचनामा गरेको थियो । फिदिम बजार भित्र शनिबार बाहेक बिहान ९ बजेबाट १० बजे सम्म र बेलुका साढे ३ बजेबाट साढे ४ बजे सम्म दुईपाङ्गेबाहेका साधनहरु आवतजावत गर्न नपाउने सूचनामा उल्लेख थियो ।
फिदिम बजार क्षेत्रमा अव्यस्थितरुपमा सवारी पार्किङ गरेमा २ सय रुर्पैया देखि १ हजार रुर्पैया सम्म जरिवाना हुन सक्ने फिदिम नगरपालिकाले जनाएको थियो । तर, फिदिम नगरपालिकाले न बसपार्कनै सञ्चलन गर्न सक्यो, नत फिदिम बजार क्षेत्रको अव्यस्थित सवारी पार्किङ नै, नत कसैलाई जरिवाननै गर्न सक्यो ।
७ महिना पछि फिदिम नगरपालिकाले उस्तै अव्यस्थि रहेको सवारी पार्किङ व्यवस्थापन गर्ने निर्णय सार्वजनिक गरेको छ ।
हेर्नुहाेस फिदिम नगरकाे २०७९ पुस २४ गतेकाे सूचना
हेर्नुहाेस फिदिम नगरकाे बिहिबारकाे निर्णय