पाँचथर । काठमाण्डौंका मेयर बालेन शाहाले केहि समय आगाडी निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन गरेकाे निणर्य फिदिम नगरपालिककाले पनि सूरु गर्ने भएको छ । फिदिम नगरपालिकाले नगर भित्रका सबै निजी विद्यालयलाई सामुदायिक विद्यालय सरह तलब दिन निर्देशन दिएको छ ।
फिदिम नगरपालिकाले बिहीबार शुक्रबार एक सूचना जारी गर्दै सरकारले तोकेअनुसार तलब दिन नगर भित्रका निजि बिद्यालयहरुलाई निर्देशन दिएको हो । फिदिम नगर भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने अनुसारको तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन फिदिम नगरपालिकाले सूचित गराएको छ ।
यस्तै, फिदिम नगरपालिकाले नगर भित्रका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम १३काे उपनियम २ मा सबै संस्थागत विद्यालयहरुले शिक्षक तथा कर्मचारीकालागी सामुदायिक स्कुल सरह तलब स्केश, दशै भत्ता, लालिम, जेष्ठता भत्ता उपल्बध गराउनु पर्ने उक्त सूचनामा उल्लेख गरिएको छ । यस्तै उक्त नियमको उपनिय ३ मा शिक्षक कर्मचारीको लागी नियमित तलबबाट निश्चित प्रतिशत रकम छुटाइ सोही बराबरको रकम थप गरि सञ्चकोषकोे समेत प्रबन्ध गर्नु पर्ने नगरले जारी गरेको सूचनामा भनिएको छ
। फिदिम नगरपालिकाले यो सूचना यर्थाशिध्र कार्यान्वयन गरि प्रगति विवरण फिदिम नगरपालिकामा पठाउन भनिएको छ ।