फिदिम । डोलीबाट अचानक बेहुली हराइन, जन्तीहरुले यता उता हेरे कतै पनि बेहुली लाई देखेन्न् । जन्तीहरुले बेलुका सम्म बेहुली खोजे अहँ बेहुली भेट्न सकेन्न । जन्तीहरुले बेहुलीको घरबाट बेहुलीलाइ डोलीमा बोकाइ बेहुलाको घर तर्फ गई रहदाँ लामो बाटो हिडिसके पछि जन्तीहरुलाई थकाइ लाग्यो । उनिहरु थकाइ मार्न मिक्लाजुङ गाउँपालिकाको रबि बजारको उत्तर दिशा तर्पmको डाँडामा आइपुग्दा थकाइ मार्न डाँडामा बसे । उनिहरुले त्यही डाँडामा डोली बिसाएर खानपान गरे । केहि समय आराम गरेर जब डोली उठाए र अगाडी बढ्न खोजे बेहुली डोलीबाट हराइ सकेकी थिइन । यसरी एकाएक बेहुली हराए पछि सबै अच्चम परेको र जति खोजे पनि बेहुली भेटिएन । डाँडाको पछाडी हेर्दा बेहुली जस्तै जस्तै ढुङगा देखियो । जसलाइ आज सम्म हराएकी बेहुलिको स्वरुप मान्ने गरीन्छ । यो किवदन्ती पाँचथरको दक्षिणी गाउँपालिका मिक्लाजुङमा रहेको बेहुली ढुङगाको हो । जसलाई आज सम्म पनि बेहुली ढुङगाको नामले चिन्ने गरिन्छ ।
मिक्लाजुङ गाउँपालिकको केन्द्र रबि बजारबाट नजिकै रहेको पर्यटकिय सम्भावना बोकेको स्थल हो बेहुलीढुङगा । सदरमुककाम फिदिमबाट करीब १२ कोष टाढा पर्छ बेहुली ढुङगा । बेहुलीको स्वरुप जस्तै ढुङगा रहेकले यसलाई स्थानियहरु बेहुलीढुङगाको नामले चिन्ने गर्दछन् । स्थानिय स्तरमा यसको जति चर्चा हुन्छ बाहिर त्यती चर्चा हुन सकेको छैन् । प्रचार प्रसारको अभाब र यसको प्रवद्धन गर्न नसक्दा पर्यटकिय स्थलको प्रचुर सम्भावना रहेको बेहुलीढुङगा गुमनाम हुदै गएको छ । सदरमुककाम बाट नजिक र हिँउदको समयमा यातायातको राम्रो सुबिधा रहेको बेहुलीढुङगा पर्यटकको लागी एउटा राम्रो गन्तब्य रहेको ठाँउ हो । हिँउदको समयमा सदमुकामबाट ३ घण्टाको समयमा साना तथा ठुला सबारी साधनबाट यात्रा गर्न सकिन्छ । मेटरसाइकलबाट पनि आरामले यात्रा गर्न सकिन्छ । बर्खा समयमा कच्चि सडक भएकाले यात्रा गर्न कठिन हुने गरेको छ । बेहुलीढुङगाबाट नजिकै रहेको जरिबुटे डाँडा बाट सुर्यदयको मनोरम दृश्य पनि दृष्याअवलोकन गर्न सकिन्छ । प्रचार प्रसारमा कुनै पक्षको ध्यान नजादा यि स्थानहरु गुमनाम रहेका छन् । जरिबुटडाँडामा अहिले मिक्लाजुङ गाउँपालिकाले बुद्ध पार्क निर्माण गरिरहेको छ ।
बेहुलीढुङगा एक धार्मीक आस्थाको केन्द पनि हो । यहाँ प्रत्येक बर्ष किरात धर्मम्वीहरुले पुजाआजा गर्ने गरेका छन ।