तेह्रथुम । आठराई गाउँपालिका-६ चुहानडाँडा कात्तिकेमा बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना सख्त घाइते भएका छन् ।
आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजारबाट पाँचथरतर्फ जाँदै गरेको बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार आठराई गाउँपालिका-३ ह्वाकुका अन्दाजी ३० वर्षीय नविन थिङ लाबुको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्ण बाँस्कोटाले बताए ।
मोटरसाइकल चालक धरान-१५ सुनसरीका अन्दाजी ४० वर्षीय सुरेन राई सख्त घाइते भएका छन् । घाइते राईको अवस्था पनि चिन्ताजनक रहेको घटनास्थलबाट वडाध्यक्ष बाँस्कोटाले जानकारी दिए ।