पाँचथर । मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका ५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका क्रममा मृत्यु भएको हो । उनको गए राति साढे १ बजे उपचारका क्रममा बिएनसि बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई थप उपचारका लागि झापा ल्याइएको थियो । गम्भीर धाइते भएकी शेर्पालाई बिएसि अस्पतालमा आइसियुमा राखेर उपचार गरिदै थियो ।
सोही दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको मंगलबारनै मृत्यु भएको थियो । उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोहि दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मंगलबार राति उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो ।
झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा १४ जना घाइते भएका थिए ।
घाइते भएका ६ जनाको अवस्था गम्भिर भएकाले सुविधा सम्पन्न अस्पताल पठाइएको छ भने ८ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।