पाँचथर । मेची राजमार्ग स्थित फिदिम २ कृष्ण मन्दीर छेउमा भएको ट्याक्सि दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ ।
घाइतेहुने हरुमा सबारी चालका इलाम दानबारी ८ का २६ वर्षीय अर्जुन बिक, ताप्लेजुङ पाथिभरा याङबरक १ का २३ वर्षीय बुद्धहाङ लिम्बु, ताप्लेजुङ मिक्वाखोला ५ का २६ वार्षिय इसेटिक शेर्पा,पाँचथर हिलिहाङ गाँउपालिका १ का २५ वर्षीय रोषन श्रेष्ठ,हिलिहाङ गाँउपालिका १ का २३ वर्षीय भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा ३ का २४ वर्षका अजय लिम्बु,सिद्धिथुम्की इलामका १४ वर्षकी निरुता सेन्चुरी,पतन्जाी गाउँपालिका कालिकोटका २३ वर्षिय सुमन खड्का,फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वार्षिय राम नेम्बाङ, पाँचथर फिदिम नगरपालिका १० की ५ वर्षिय पुस्तिका बिक घाइते भएको र उनिहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये काठमाण्डौ बल्खुकी २० वर्षिय मिना लिम्बु र पाँचथर फिदिम नगरपालिका १० की सबिना बिक लाइ थप उपचारको लागी झापा रेफर गरिएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ ।