पाँचथर । पाँचथर सदरमुकाम फिदिममा खड्ककुमार नेम्बाङ स्मृतिमा आयोजना भएको ब्याटमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुमका दिनेश कन्दङवा र देबेन्द्र उप्रेतीले जितेका छन् । पाँचथर ब्याटमिटन संघले शुक्रबारबाट यहाँ आयोजना गरेको सो प्रतियोगिताको फाइनल खेलमा कन्दङवा र उप्रेतीको जोडीले र पाँचथरका प्रबिणहाङ योङहाङ र उमेश श्रेष्ठको जोडीलाई पहिलो सेटमा २१-१६ र दोश्रो सेटमा २४-२२ अङ्कले हराउँदै उपाधि हात पारेका हुन् ।
विजयी खेलाडीले रु पन्ध हजार नगद, सम्मानपत्र र मेडल तथा द्धितीय टिमले रु दश हजार नगद सम्मानपत्र र मेडल प्राप्त गरेका छन् । सो प्रतियोतिामा पाँचथर र तेह्रथुमका ४४ टिमको सहभागीता रहेको थियो । प्रमाणपत्र वितरण गर्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले नगरपालिकाले खेलकूदको विकासका लागि विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
काफ्लेले फिदिम नगर भित्रका युवालाई खेलप्रति आकर्षण गर्न आगामी दिनमा यस्ता खेललाई निरन्तरता दिइने उल्लेख गरे ।