बिष्णु अधिकारी
पाँचथर– पछिल्ला दिनमा चर्को घामले गर्दा जनजीवन प्रभावित भएको छ । अचकाली गर्मि एकातीर छ भने खडेरीका कारण कृषिक्षेत्रमा ठुलो असर पर्न थालेको छ ।
पहाडको मूल्य नगदेवाली अलैची सुकेर सोत्तर भएका छन् । पहाडमा पनि अचकाली गर्मि छ । दिउँसो बाहिर काम गर्न सक्ने अवस्था छैन् । यो पाँचथर लगायतका पूर्वी पहाडका विभिन्न गाँउमा धानको रोपाई सुरु हुन्थ्यो । अहिले विउनै मर्लाकि जस्तो भएको किसान बताउँछन् ।
बैशाखकमा पानी परेर राम्रै संकेत गरेपनि जेठको खडेरीले सखाप बनाउन आटेको फिदिम–७ का कृषक प्रताप तामाङले बताए । ‘अलैची सोत्तरनै भइसक्यो । हरिया बोटहरु दिउँसो शिङ्ग्रीग देखिन्छ ।’
पाँचथरका फिदिम नगरपालीका लागयतका सबै स्थानिय तहमा खडेरीको मार छ । सुख्खा क्षेत्र कुम्मायक, तुम्बेवा, हिलिहाङमात्र होईन फाल्गुनन्द, मिक्लाजुङ, फालेलुङ, याङगवरक गाँउपालीकामा उस्तै छ ।
फरक फरक किसिमको भुगोलछ । लेकाली क्षेत्रमा धान रोप्न किसान पाएका छैनन् भने औलामा धानको विउँ राख्न सकेको पाईदैन । फिदिम नगरपालिका भित्रका अधिकाङ्स क्षेत्रमा मकै मर्न थालेको किसानको गुनासो रहेको छ । कुम्मायक–१ का टंक पौडेल भन्छन्, ‘यो समय पानी पर्ने मौसम हो ।सधैे पाखा पखेरामा घाँस पलाउथ्यो मौसम हरियालि हुन्थ्यो । अहिले त चैत जस्तो भएको छ । फौजी किराले एक चरण खाईसकेको मकै खडेरीले सबै सुकिसक्यो अब पानी परेर पनि मकै फल्ने अवस्था छैन ।’
‘अगुवा असारे खेतिको समय हो पानी नपरेसँगै खेतिको लागि बाँझो जोत्न आलि काट्न समेत सुख्खा भएर समस्या छ’ फिदिम ११ निवासि विजय अधिकारी भन्छन् ‘मकै सुक्यो, अदुवाको हालत उस्तै छ ।’
बेमौसमी वर्षा हुने गरेकाले किसानको सेडुलनै विगिएको जानकारि याङ्वरक १ निवासी राजेन्द्र तिम्सिनाको भनाई रहेको छ । यो बर्षको खडेरीले धेरै बालीमा असर पु¥याएको उनको भनाई छ ।
धान, मकै जस्ता खाद्यान्नबालीका अलवा तरकारी बालीमा समेत असर पर्दै गएको पाईन्छ । अलैची, अदुवा खेतीमा असर परेकाे छ । विभिन्र किसिमले असरमा परिरहेका किसानलाइ याे पल्ट प्रकृतिले पनि ठगेकाे छ ।