पाँचथर– बर्षायाम सुरु हुन लागेकाले पहाडी जिल्लामा हुन सक्ने सम्भावित विपद्का घटनामा उद्धारका लागि पर्याप्त समाग्रि नभएको सुरक्षा निकायको भनाई रहेको छ । गर्मि याममा भएका अगालागीका घटननामा पनि नियन्त्रणका लागि पर्याप्त सामाग्रि नहुँदा समस्या परेको बताउँदै बाढि पहिरोको बेला उद्धावरका लागि समाग्रि अभाव देखिएको छ ।
तीन वटै सुरक्षा निकायमा भएका समाग्रि पुरानो हुदैँ गएकाले नयाँ समाग्रि तथा आवश्यक प्रविधिको आवश्यकता परेको सरोकारवालाहरुले औल्याएका छन् ।
नेपाली सेनाको रणशेर गण पाँचथरमा आयोजना भएको ‘टेवल टक एक्ससाईज’ मा सुरक्षा निकाय तथा अन्य क्षेत्रबाट सामाग्रि अभाव भएको औल्याएका थिए । बर्षाका बेला बाढि पहिरो जाने, सडक अवरुद्ध हुने भएकाले पर्याप्त समाग्रि आवश्यक रहेको बताइएको थियो । भौगोलिक रुपमा विकटता भएकाले स्थानिय तहमानै विपद् व्यवस्थापन समितिलाई सक्रिय राख्नु पर्ने बताईएको थियो ।
नेपाली सेनाका कर्णेल दिलिप राउत, शसस्त्र प्रहरीका डिएसपि आईन्द्र नेम्बाङ र नेपाल प्रहरीका इक्स्पेक्टर मिलन जङ थापाले राखेको प्रस्तुतीमा समाग्रिको अभाव रहेको औल्याइएको थियो ।
विपद् प्रतिकार्य गर्नकालागि आवश्यक न्यूनतम समाग्रिकै अभाव रहेको बताइएको थियो । ‘सामाग्रिको अभाव देखिएकाले स्थानिय तहकालाई सामाग्रि खरिद गर्नका लागि विपद् कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेका छौँ । गृहमन्त्रालयबाट आवश्यक समाग्रिका लागि कोशि प्रदेश सरकार, विपत् प्राधिकरणले अनुरोध गर्ने निर्णय भएको छ’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले भने ‘बाढि पहिरोको जोखीम रहेकाले आवश्यक पूर्व तयारी गर्ने निर्ण गरेका छौँ ।’
तमोर लगायतका नदिमा उद्ववार तथा खोजीका लागि डुङ्गाको अभाव रहेको छ । सामान्य आवश्यक समाग्रि पनि पुरानो हुँदै गएको सुरक्षा निकायकले जनाएको छ ।
बर्षाको समयमा सडक अवरुद्ध हुँदा गाँउमा गएर उद्ववार गर्न कठिन हुने भएकाले उद्ववार तथा राहत समाग्रि स्थानिय तहमानै व्यवस्थापन गर्नु पर्ने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेको भनाई रहेको छ ।
जिल्लामा आगलागी र पहिरोका कारण ठुलो क्षती हुने गरेको छ । बर्षामा ग्रामिण सडक अवरुद्ध हुन पुग्दा समस्या हुने गरेको छ । आगलागी नियन्त्रण गर्न निक्कै सास्ती खेपेका सुरक्षा निकायले बाढि, पहिरोका क्रममा सामाग्रि अभाव हुन नदिन अनुरोध गरेका छन् ।
‘विगतमा पनि विपद्का कारण ठुलो क्षती तथा समस्या भएका छन् । हामी समाग्रि खरिदका लागि सहयोग गर्न तयार छौँ’ फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्लेले भने ‘आवश्यकता अनुसार सामाग्रि खरिद गर्ने गरि कोष बनाउने हो भने पनि सहयोग गर्ने छौँ ।’
जिल्ला विपद् व्यवस्थापन समितिले स्थानिय तहलाई स्थानिय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गर्नका लागि पत्रचार गरेको छ ।