इलाम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य राम रानामाथि आक्रमण भएको छ । नेकपा एमाले जिल्ला कमिटि इलामको बैठकका लागि इलामको माङ्सेबुङ्ग जाँदै गरेका प्रदेश सभाका सदस्य रानालाई माङ्सेबुङ्ग गाउँपालिका ३ स्थित पुरानो गाविस भवन क्षेत्रमा अज्ञातस्थलबाट आक्रमण भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशि नामको प्रस्तावक रहेका रानालाई अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए । आक्रमणबाट राना सवार गाडिको सिसा फुटेको छ । आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडीको सिसा फुटेको छ ।
दिउँसो १ बजे भएको घटनामा संलग्नको खोजी भइरहेको र सासंद राना सकुसल रहेको प्रहरीले जनाएको छ । आक्रमण पछि राम राना जिल्ला कमिटिको बैठकमा सहभागि नभइ दमक फर्किएका थिए ।