पाँचथर– पाँचथरको उत्तरी फालेलुङ गाँउपालीका–३ मा आगलागी हुँदा तीन घरमा क्षती पुगेको छ । आईतबार दिउँसो भएको आगलागीबाट दुई घर पूर्ण रुपमा नष्ट भएका छन् भने एकघरमा आंशिक क्षती पुगेको छ । आगलागीबाट ५४ लाख ३० हजार बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।
आगलागीबाट महेन्द्र मादेन र उनका दाजू कृष्ण मादेन को तीन तले ढुङ्गा, माटो र जस्ताले बनेको घर जलेर नष्ट भएको छन् भने अर्का दाजू मनबहादुर मादेनको घरमा आंशिक क्षती पुगेको प्रहरीले जानकारी दिएको छ । महेन्द्रको घरमा २२ लाख ७५ हजार, कृष्णको घरमा ३१ लाख पाँच हजार र मनबहादुरको घरमा ५० हजार बराबरको क्षती भएको प्रहरी अनुमान छ ।
स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पीडितलाई राहत लैजाने तयारी भएको भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि हरि खतिवडाले जानकारी दिए ।