सृष्टि राई ।सबै मानिसमा आ-आफ्नो लक्ष्य हुन्छ । हो, मानिसमा फरक फरक किसिमका लक्ष्य हुन्छ । लक्ष्य भनेको भविष्यमा गएर आफू के बन्ने? भनेर इच्छा वा चाहाना गर्नु हो । त्यो इच्छा नै लक्ष्य हो ।
त्यस्तै मेरो पनि केही लक्ष्य, इच्छा वा चाहाना छ । मलाई भविष्यमा गएर नर्स बन्ने इच्छा छ । नर्स बन्ने लक्ष्य छ । मलाई थाहा छ नर्स बन्नका लागि मैले निकै मेहनत र पढाईमा ध्यान दिनु पर्छ । म नर्स बनेर बिरामीलाई औषधी दिन मद्दत गर्नेछु । सकेसम्म गरिब रोगीहरुलाई निःशुल्क उपचार गर्ने कोशिश गर्नेछु । अस्पताल सफा सुग्घर राख्ने कोशिश गर्नेछु ।
बिरामीलाई खुशी बनाई राख्ने प्रयास गर्नेछु । माािनसहरुलाई सफा र असल बन्न आग्रह गर्नेछु । अनुरोध गर्नेछु । वृद्धा आश्राम गइ त्यहाँका आमा बुबालाई भेट्ने छु । आफुले सकेको सहयोग गर्नेछु । अनि मेरो आमा बुबालाई एउटा ठूलो र सुन्दर घरमा राख्ने मन छ । र आमा बुबालाई खुशी भएको देख्न चाहान्छु । खुशी भएको देख्ने मन छ । आमा बुबाले काम गरेको देख्न चाहदिन । आमा बुबाको आँखामा आँशु म देख्न सक्दिन । म सानो हुँदा मेरो कति हेरचाह गर्नु भएको छ ?
मेरो सबै इच्छा पुरा गरिदिनु भएको छ । म पनि आमा बुबाको हेरचाह गर्ने, आमा बुबाको के इच्छा, चाहाना छ ? म त्यो पुरा गर्न चाहान्छु । मलाई लाग्छ, आमा बुबाको खुशी नै मेरो खुशी हो । म देख्छु कतिपय मानिसले आफ्नो आमा बुबालाई रुवाएर, घरबाट निकालि दिन्छन् । जुन आमा बुबाले सानो हुँदा दिसा पिसाब सोहोरि दिएर, खाई नखाई उनीहरुको इच्छा पुरा गरिदिएर हुर्काउनु हुन्छ । त्यही आमा बुबालाई कसरी रुवाउन सक्छ होला ? मलाई अरु पनि धेरै कुरा बन्ने इच्छा छ ।
मलाई आमा बुबाले राम्रो, धेरै पढेर धेरै ठूलो मान्छे बनोस । मेहनत, परिश्रम गरेर असल मान्छे बनेको हेर्न चाहानु हुन्छ । म नर्स बनेर विभिन्न प्रकारको रोगको उपचार गर्न सक्ने बन्ने छु । सबै बिरामीको म उपचार गरेर म उनीहरुको प्यारो बन्ने छु । सायद मेरो लक्ष्य ठूलो नभइ सानो पनि हुन सक्छ । तर कामलाई कहिले पनि ठूलो सानो भन्न हुदैन । लक्ष्य पनि ठूलो सानो हुदैन होला ?
कक्षा- ९, श्री चन्द्रोदय मा.वि.मिक्लाजुङ – ३, पाँचथर