सुरेश श्रेष्ठ
काठमाडौ । मेरो लागि यात्राले निकै मिठो अनुभूति गराउँछ । म मौका र समय मिल्नसाथ पैदल यात्रा गर्न निकै हौसिन्छु । मलाई हरेक यात्राले उर्जा प्रदान गर्छ ।
यात्रा गर्दा योजना बनाउन म त्यति चाहान्न,साथीभाइ खोज्न थाल्दा यात्रा हुने नहुने दोधार हुन्छु । त्यहीँ भएर प्राय म सोलो हिड्न मनपराउँछु । यसपटक अचानक मैले सोलो यात्रा अन्नपूर्ण वेश क्याम्प जाने निर्णय गरे । हुन त यो अन्नपूर्ण बेश क्याम्प मेरो लागि दोस्रो पटकको यात्रा थियो । माघ २ गते यात्राका लागि निस्के काठमाडौबाट यात्रा सुरुभयो यसपटक हवाईयात्राबाट पोखरा बिमानस्थल पुगे । दोस्रो पटक अन्नपूर्ण बेश क्याम्प जादा पनि उत्साह पहिलो पटक गए जत्तिकै थियो ।
काठमाडौबाट पोखरा पुगेर पोखराको हरिचोकबाट जिप यात्रा सुरुभयो । हरिचोकबाट घान्द्रुक मुनि हुँदै अढाई घण्टामा झिनु डाडा वार सम्म पुगे ।
अन्नपूर्ण बेश क्याम्प जान अर्को रुट घान्द्रुकबाट घोरेपानी हुँदै पनि जान सकिन्छ तर मैले यो पटक झिनु डाडा हुँदै जाने निर्णय गरेको थिए । झिनु डाडा पुग्नु अगाडि नँया पुल बाट पनि पैदल यात्रा सुरु गर्नेपनी भेटिन्छन् । पैदलका लागि अगाडि प्रसस्तै स्थान भएका कारण म भिनु डाडा बाट हिड्न सुरु गरे । घान्द्रुक सम्म कालो पत्रे र त्यहाँबाट कच्ची यात्रा शुरुभयो । झिनु डाडा वारि त्यति होटल छैनन तर पारीपट्टि प्रसस्त होटल छन् । अनि खाजा खाएर मेरो यात्रा अघि बढ्यो । झिनु डाडा बाट २ घण्टाको पैदलमार्ग हुदै छुम्रोङको यात्रा डाडै डाडा थियो । उकालोमा सुस्तरी यात्रा अघि बढदै थियो । छुम्रोङ्बाट लोरसिन्वा पुग्दा साझ पर्न लागेको थियो । नेपाली प्याकेजमा हमाल होटलमा बास बसे । बिहान ६ बजे खाजा खाएर यात्रा फेरि सुरुभयो ।
मानिस आउजानेको क्रम बढिरहेको थियो । यहाँका होटल पूरै भरिभराउ थिए आन्तरिक र बाह्य पर्यटकले छुम्रोङ भब्य थियो । लोवरसिन्वाबाट अपर सिन्वा हुँदै बम्बु भन्ने ठाउँ पुग्दा ११ बजेको थियो । आराम गर्दै खाना खाएर हिड्दा समयले २ बजेको बुझाउदै थियो । यात्रा एक्लै भएपनी पैदल यात्री प्रसस्त थिए । बम्बुवाट दोभानहुदै हिमालय पुग्दा सुर्य अस्ताउनेक्रममा थियो । आज एतै बस्र्ने निणर्य गरे ।
आज निकै थाकिएछ । बिहान ८ बजे मात्र आँखा खुल्यो । बिहानको खाजा खाएर उकालो देउरालीहुदै १ बजे माछापुच्छ्रे बेस क्याम्प पुगे, यहाँबाट यात्रा अघि बढाउन मन लागेन, यो पटक माछापुच्छ्रे बेस क्याम्पकै काखमा डुल्न मन लाग्यो। यहाँको मनोहर दृश्य अत्यन्तै लोभ लाग्दो थियो । मैले पनि प्रकृतिलाइ अँगालो हालेर भाव विह्वल भइरहे । जतिसुकै रमाइलो ठाउँ भए पनि छाडेर अघि बढ्नै पर्छ । बिहानै ४ बजे अन्नपूर्ण बेस क्याम्प तर्फ लागे ३७०० मिटरबाट म ४२०० मिटर उचाइमा पुगे सूर्य उदयको अद्भूत ‘नजारा’को दर्शन पाए ।
उदाएको सुर्यले हिमाललाई गरेको पहिलो चुम्मनको दृश्य निकै सुन्दर थियो ।र म काठमाडौ फर्किएको थिए ।
काठमाडौ देखि अन्नपूर्ण बेस क्याम्प पुग्दा लाग्ने खर्च :
१)काठमाडौ टु पोखरा – हवाई यात्रा ३४००,सडक यात्रा ६०० देखि १५००
२)पोखरा टु झिनुडाडा – एक व्यक्ती १००० रिजर्भ ७०००
३)झिनुडाडा नेपाली प्याकेज खाना,बास र बिहानको नास्ता कति ४००
४)छुम्रोङ बास,खाना,नास्ता २००० देखि २५०००
५)बम्बु खाना कति ४५०
६)हिमालय बास,खाना,नास्ता – २५००
७)माछापुच्छ्रे बेसक्याम्प बास,खाना,नास्ता– २५००