पाँचथर– अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यसवर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ ।
गतवर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए । २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।
अमर नेम्बाङ लिम्बुको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै आगलागी र पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम पनि आयोजना हुनेछन् ।