पाँचथर- तिव्र प्रतिस्पर्धाका बिचमा पाँचथरमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले ५ सय ३५ मतको अग्रता लिएका छन् ।
हालसम्म ५६ हजार २ सय ८१ मत गणना भईसकेको छ । यतिमत गणना हुँदा आङदेम्बेले २४ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेद्वार बसन्तकुमार नेम्बाङले २३ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।
पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।