पाँचथर- प्रतिनिधि सभातर्फ पाँचथरमा तिव्र प्रतिस्पर्धा भएको छ । सत्तारुड गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङले कडा टकर दिएका छन्
२२ हजार ५ सय ३० मत गणना गर्दा आङदेम्बे १ सय मतले अगाडी छन् । आङदेम्बेले ९ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने नेम्बाङले ९ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।
यहाँ ७५ हजार ३ सय ५२ मत खसेको थियो ।