काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् ।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा पाँचथरका ३ जना काँग्रेस नेताहरुकाे नाम समाबेश भएकाे छ । पाँचथरबाट खस आर्य पुरुसकाे १७ जनाकाे काेटामा सुरेन्द्र दहालकाे नाम १५ नम्बरमा छ । यस्तै, आदिबासी पुरुसहरुकाे १७ जनाकाे काेटामा अइन्द्र केरुङकाे नाम ८ नम्बरमा रहँदा आदिबासी महिला तर्फ मधु जबेगुकाे नाम १३ नम्बरमा रहेकाे छ ।
यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।
असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।